• गृहपृष्ठ /
  • समाचार ,
  • मुख्य खबर ,
  • अन्तर्राष्ट्रिय ,
  • खेलकुद

दक्षिण कोरियालाई ४–१ गोल अन्तरले हराउँदै ब्राजिल,विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

काठमाडौंँ - ब्राजिल कतार विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा दक्षिण कोरियालाई ४–१ गोल अन्तरले हराउँदै ब्राजिल अन्तिम आठमा पुगेको हो । 

स्टेडियम ९७४ मा भएको खेलमा ब्राजिललाई जित दिलाउन भिनिसियस जुनियर, नेयमार, रिचर्डलिसन र लुकास पाकिउटले एक–एक गोल गरे ।  यता दक्षिण कोरियाका लागि पिका सेउङले एक गोल फर्काए । 

ब्राजिलका लागि खेलको सातौं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको १३औं मिनेटमा नेयमारले पेनाल्टी मार्फत गोल गर्दै टिमको अग्रता दोब्बर पारे । खेलको २९औं मिनेटमा रिचर्डलिसनले ब्राजिलका लागि तेस्रो गोल गरे । खेलको ३६औं मिनेटमा लुकास पाकिउटले गोल गर्दै ब्राजिललाई ४–० गोलको अग्रता दिलाए । 

यता दक्षिण कोरिकाका लागि खेलको ७६औं मिनेटमा पिक सेउङले गोल गरेपनि ब्राजिलले ४–१ गोलको जित निकाल्न सफल भयो । अब ब्राजिलले क्वाटरफाइनलमा क्रोएसियासँग खेल्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय