डिम्याट खाताको संख्या करिब ५१ लाख

काठमाडौं । सेयर बजारमा सर्वसाधारण लगानीकर्ताको सहभागिता बढ्दै जाँदा डिम्याट खाता खोल्ने, मेरो सेयर लिने नेपालीको संख्या पनि निरन्तर बढिरहेको छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार हाल डिम्याट खाताको सख्या ५० लाख ८९ हजार ५०० पुगेको छ ।

डिम्याट खाताका साथै मेरो सेयर खाताको संख्या पनि बढेको छ । सिडिएससीका अनुसार मेरो सेयरको संख्या ४२ लाख २ हजार ७४१ पुगेको छ । सिडिएससीको विवरणअनुसार पछिल्लो समय डिम्याट र मेरो सेयर खाताको संख्या उल्लेख्य बढेको छ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त गरी सर्वसाधारण लगानीकर्तालाई केन्द्रीय निक्षेप सेवा दिन तथा सेयरको अभिलेखीकरण गर्न निक्षेप सदस्यका रूपमा सेवा प्रवाह गर्ने सदस्यको संख्या ८२ रहेको छ । सि–आस्वा सदस्य लिने बैंक तथा वित्तीय संस्थाको संख्या ५५ रहेको छ ।

सर्वसाधारणले प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ)मा आवेदन दिँदा डिम्याट खाता अनिवार्य भएकाले यस्ता खाता खोल्ने क्रम बढेको सिडिएससीको भनाइ छ ।

पछिल्लो समय आइपीओमा मात्रै नभएर हकप्रद, ऋणपत्र, सामूहिक लगानी योजनामा पनि लगानीकर्ताको आकर्षण निकै बढेको छ । जसले गर्दा डिम्याट खाता खोल्ने, मेरो सेयर लिनेको संख्या बढेको छ । लगानीकर्ता प्रविधिमैत्री बन्दै जाँदा मेरो सेयर लिनेको संख्या पनि निकै बढेको छ ।

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय