काठमाण्डौ । साताको दोस्रो दिन पनि नेप्से परिसूचक बढेर बजार बन्द भएको छ । आइतबार पनि नेप्से दोहोरो अङ्कले बढेर बजार बन्द भएको थियो । नेप्से बढेपनि कारोबार रकममा भने खासै सुधार आउन सकेको छैन ।
आइतबार नेप्से १२ अङ्क भन्दा धेरैले बढेर समग्र बजार २२६८ विन्दुमा पुगेको छ । आज २२२ कम्पनीहरूको १ अर्ब ३९ करोड भन्दा धेरैको शेयर खरिद बिक्री भएको छ ।
कारोबार भएका मध्य ११४ कम्पनीहरूको शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीहरूको भने घटेको छ । विकास बैंक र बीमा समूहको उपसूचक आज घटेका छन भने अन्य सूचकहरू मा हरियाली छाएको छ ।
आज नेपाल टेलिकमको शेयर सबै भन्दा धेरै मूल्यको खरिद बिक्री भएको छ भने जाल्पा लद्युवित्तको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ ।