काठमाण्डौं– युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ । युनिक नेपालले यसै साता नेपाल धितोपत्र बोर्ड (सेबोन) मा एफपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिएको हो ।
सेबोनले अनुमति दिएमा यो लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँबराबरको एफपीओ जारी गर्नेछ । जसअनुसार संस्थाले १०० अंकित दरका कुल ३ लाख ७९ हजार ४२५ कित्ता सेयर निष्कासन गर्नेछ । युनिक नेपाल लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।