काठमाण्डौ । आन्तरिक पर्यटकको लागि राम्रो गन्तब्य बनिरहेको मौलाकाली केबलकारले प्रेम दिवस र सरस्वती पुजाको दिन फागुन २ गते विशेष छुटको. घोषणा गरेको छ ।
कम्पनीले सो दिनको लागि ३६।३६ प्रतिशत छुट दिइएको केबलकारका स्टेशन म्यानेजर सुरज पौडेलले जानकारी दिनुभयो ।
केबलकार मार्फत यात्रा गर्ने यात्रुहरुले फागुन २ गते ३५० रुपैयामै टिकट प्राप्त गर्ने उहाँले बताउनुभयो । विहान ६ वजेदेखि साँझ ५ वजेसम्म केवलकारले सर्वसाधरणका लागि यो सुविधा उपलव्ध गराउने उहाँको भनाई छ । ५ मिनेट यात्रामा पुगिने केवलकारको अन्य दिनको दुईतर्फी भाडादर ५५० रुपैयाँ छ ।
पूर्वीनवलपरासीको गैंडाकोटमा अवस्थित पवित्र धार्मिक स्थल मौलाकालिका मन्दिरसम्म जाने सहज माध्यम बनेको मौलाकाली केवलकार गत वैशाख १ गतेदेखि सञ्चालनमा आएको हो । शुरुवातदेखि हालसम्म २ लाख ४० हजारभन्दा धेरै दर्शनार्थीले केवलकार यात्रा गरेको स्टेशन मेनेजर पौडेलले जानकारी दिए ।
यो केबलकार एक हजार दुई सय मिटर लम्बाइको छ । यहाँ कुल १२ गोन्डुला छन् । एउटा गोन्डुलामा एकपटकमा आठ जना यात्रु बस्न मिल्छ । फेदीबाट केबलकार चढेपछि पाँच मिनेटमा मन्दिर नजिकैको स्टेसनमा पुगिन्छ ।