काठमाडौं - कोरोना संक्रमण भयाभह भएपछि उपत्यकाका तीन जिल्ला प्रशासनले शनिबारदेखि जोर बिजोर प्रणाली लागू गरेका छन् ।
आज सार्वजनिक भएको नयाँ नियम अनुसार सार्वजनिक र निजी सवारी साधनहरु (दुई पांग्रेसहित) जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्रणालीमा सञ्चालन गर्नेगरी प्रशासनले निर्णय गरेको हो । तर औषधि एवम् स्वास्थ्य सामग्री बोकेका सवारीसाधनसहित, एम्बुलेन्स दमकल, शवबाहनमा जोरबिजोर लागू नहुने प्रशासनले शुक्रबार जारी गरेको थप आदेशमा उल्लेख छ।
यस्तै ग्यास, पेट्रोलियम पदार्थ, खाद्यान्न, दूध, फलफूल तरकारी बोकेका सवारी साधनमा पनि जोर बिजोर लागू हुने छैन भने चिकित्सक, सुरक्षाकर्मी, बैंकका कर्मचारीको हकमा पनि जोरबिजोर लाग्ने छैन ।
यस्तै पत्रकारको हकमा सूचना विभागबाट जारी भएको प्रेस पास देखाएर सवारी साधन सञ्चालन गर्न पाइनेछ ।