काठमाडौं - जैनिमी नगर सेवा समाज काठमाडौंले आज एक कार्यक्रमका बीच जैमिनि दर्पण नामक पुस्तक विमोचन गरेको छ ।
जैमिनि नगरपालिकाबाट काठमाण्डौमा बसोबास गर्नेहरूको सो संस्थाले आफ्नो ठाउँको चिनारी गराउने गरी पुस्तक सार्वजनिक गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिक्षा मन्त्री देवेन्द्र पौडेलले यस्ता खालका कार्यक्रमले जैमिनि विकासको लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । उहाँले फरक फरक विचार बोक्नेहरु भए पनि जैमिनिको विकासको लागि एकजुट भएको बताउनु भयो । जैमिनि मेहनती र पराक्रमी रहेको ठाउँको रूपले परिचय बनाएको शर्माको भनाई थियो । साथै उहाँले पुस्तकले जैमिनिको ऐना देखाएको जिकिर गर्नु भयो ।
सो कार्यक्रममा सांसद सूर्य पाठक, मना केसी ,उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल , परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा,जैमिनि नगरपालिकाका नगर प्रमुख नर बहादुर पुन,उपप्रमुख हरिहर शर्मा , नेकपा माओवादीकी नेतृ बलावती शर्मा लगाएतले शुभकामना दिनु भएको थियो ।
कार्यक्रमा जैमिनिबाट प्रतिनिधित्व गर्दै पर्यटन क्षेत्रबाट ठमेल पर्यटन परिषद्को अध्यक्षमा निर्वाचित भविश्वर ढुंगाना र नेपाल प्रेस युनियनको महासचिवमा निर्वाचित दिलीप पौडेललाई सम्मान गरिएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष हरी आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो । सो पुस्तकलाई जैमिनिको पाठ्यक्रममा समावेश गराउने तयारी समेत भएको छ ।