बीमाको शेयरधनी हुनुहुन्छ ? आफ्नो कम्पनीको पूँजी कति छ जान्नुहोस्

काठमाडौं - बीमा समितिले बीमा कम्पनीको पूँजी वृद्धि गर्ने निर्णय गरेसँगै यो खबरले शेयर बजारमा एक प्रकारको तरंग ल्याइदिएको छ । 

कतिले अब बजार बीमा क्षेत्रकै कारण आक्रमक बढ्ने अनुमान समेत गरेका छन् । वृद्धि गरिएको पूँजी पूरा गर्नको लागि बोनस शेयर,राइट शेयर r4 मर्जरको विकल्प हुने छ । 

नियामक निकाय बीमा समितिका अनुसार जीवन बीमा कम्पनीले न्यूनतम पुँजी ५ अर्ब रुपैयाँ पुर्‍याउनु पर्ने भएको हो ।

हालसम्म जीवन बीमा कम्पनीहरुको न्यूनतम पुँजी २ अर्ब रुपैयाँ तोकिएको थियो । समितिको नयाँ निर्देशनसँगै नेपाल लाइफ इन्स्योरेन्सबाहेक अन्य कम्पनीहरुले २०७९ चैत मसान्तसम्म कम्तीमा पनि ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउनु पर्नेछ ।

यदि तपाईंसंग पनि बीमा कम्पनीहरुको शेयर छ भने आफ्नो कम्पनीको पूँजी कति छ जान्नुहोस् 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय