पछिल्लो "गीत रेलिमै" ले शान्ती र बसन्तको हाइट झन बढायो

काठमाण्डौशान्ती श्री र बसन्त विश्वकर्माले आवाज दिएको गीत रेलिमै यतिबेला निकै चर्चामा छ । गीतले सामाजिक सञ्जालदेखि लिएर युउटुमा समेत राम्रो दर्शक बनाइरहेको छ । 

दाइजो प्रथाले गालेको हाम्रो समाजमा चेलीहरूले कसरी दुख पाइरहेका छन भन्ने गीतले उठाएको छ । गीतको अडियो र भिडियो समेत निकै उत्कृष्ट बनेको छ । सार्वजनिक भएको केही दिनमा विस्तारै गीत भाइरल बनिरहेको छ । 

बसन्त विश्वकर्मा र शान्ती परियारको आवाजको गीतले कलाकारहरूको चर्चा निकै बढाएको छ । निकै उत्कृष्ट आवाजका कारण विश्वकर्मा र परियारको चर्चा चुलिएको छ । गीतलाई विश्‍वकर्मा आफैले शब्द सिर्जना गरेका छन भने लय भने चर्चित सर्जक प्रकाश दुतराजले गरेका छन । 

मौषम हिमालीको निर्देशन रहेको गीतमा बसन्त विश्वकर्मा,उषा उप्रेती,शिवशरण न्यौपाने लगायतको अभिनय रहेको छ । 

 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय