प्रि-ओपन सेसनमा आज पनि बढ्यो नेप्से

काठमाडौं - साताको तेस्रो दिन प्रि ओपन सेसनमा बजार मापक सूचक नेप्से करिब 6 अंकले बढेको छ । सोमबार पनि बजार दोहोरो अङ्कले बढेर बन्द भएको थियो । 

आज यो अवधिमा 27 कम्पनीहरूको 37 लाख भन्दा बढीको कारोबार भएको छ । 

कारोबार भएकामध्ये 19 कम्पनीको सेयर मूल्य बढेको छ भने ४ कम्पनीको सेयर मूल्य भने घटेको छ । नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै कारोबार हुँदा आधा दर्जनभन्दा धेरै कम्पनीको सेयर मूल्य दुई प्रतिशतले बढेको छ ।

आज नेपाल बन्दको दिनपनि शेयर बजार भने  खुला रहेको छ । 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय