५० रुपैयाँ मै आइपीओ आउने,लगानीकर्ता उत्साहित

काठमाडौं - प्राथमिक लगानीकर्ताको संख्या ५० लाख पुग्न लागेको अवस्थामा आइपीओ को महत्त्व र चर्चा चुलिएको छ ।

असोज र कार्तिक महिनामा धेरै कम्पनीहरुले आइपीओ निस्कासन गरेका छन् भने ७ अर्ब माथि आइपीओ निस्कासन प्रक्रियामा रहेका छन् । 

यसै बीच हाथवे इन्भेष्टमेन्ट नेपालले सर्वसाधारणलाई प्रतिकित्ता ५० रुपैयाँमा साधारण शेयर निष्कासन गर्ने भएको छ । शेयर जारी गर्नका लागि हाथवेले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

आइतबार हाथवे इन्भेष्टमेन्टका तर्फबाट अध्यक्ष योगेश्वर शर्मा ढकाल र ग्लोबल आइएमई क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कुल १४ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको २९ लाख २५ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएको हो ।

प्रतिक्रिया