जलविद्युत् व्यापारमा फड्को: नेपालले बाङ्लादेशलाई ऊर्जा आपूर्ति सुरु

काठमाडौँ-नेपालले बाङ्लादेशलाई विद्युत् निर्यात गर्दै ऐतिहासिक फड्को मारेको छ। भारतमार्फत नेपालले पहिलोपटक ४० मेगावाट बिजुली बाङ्लादेश निर्यात गरेको हो। ऊर्जामन्त्री दीपक खड्का, भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टर र बाङ्लादेशका ऊर्जा सल्लाहकार फजुल कबिर खानले भर्चुअल रूपमा यो प्रक्रिया सुरु गरे।

 व्यापार त्रिपक्षीय सम्झौता (नेपाल विद्युत् प्राधिकरण, भारतको एनटिपिसी, र बाङ्लादेश पावर डेभलपमेन्ट बोर्ड) को आधारमा भएको हो। हाल, नेपालले त्रिशूली र चिलिमे जलविद्युत् आयोजनाबाट बिजुली निर्यात गरिरहेको छ।

ऊर्जामन्त्री खड्काले भने, "भारत हुँदै बाङ्लादेश निर्यातले ऊर्जा क्षेत्रमा नयाँ आशा पैदा गरेको छ।" बाङ्लादेशले नेपालबाट आयात गरेको बिजुलीले उसको नवीकरणीय ऊर्जा योजना साकार पार्न सहयोग पुग्ने विश्वास गरिएको छ।

नेपालले बाङ्लादेशलाई हरेक वर्ष १५ जुनदेखि १५ नोभेम्बरसम्म प्रतियुनिट ६.४० अमेरिकी सेन्टमा बिजुली बेच्नेछ। बाङ्लादेशले २०४० सम्ममा नेपालबाट ९,००० मेगावाट विद्युत् आयात गर्ने योजना बनाएको छ।

भारतसँग पनि नेपालले १०,००० मेगावाट विद्युत् बिक्री गर्ने दीर्घकालीन योजना ल्याइसकेको छ। नेपालले हाल वार्षिक १७ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गरिरहेको छ।

प्रतिक्रिया