अन्नपूर्ण र मुस्ताङ हेलिकोप्टरको उडानमा रोक

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले अन्नपूर्ण र मुस्ताङ हेलिकोप्टरको उडानमा रोक लगाएको छ। अडिटमा सेफ्टी म्यानेजमेन्ट सिस्टम (एसएमएस) ६०% भन्दा कम देखिएपछि यो निर्णय लिइएको हो। क्यानले दुवै कम्पनीलाई एयर अपरेटर सर्टिफिकेट (एओसी) निलम्बन नगर्ने स्पष्टीकरण माग गरेको छ।

उडान सुरक्षा सुधारको लागि मन्त्री पाण्डेको पहल

पर्यटनमन्त्री बन्द्रीप्रसाद पाण्डेले हवाई दुर्घटना न्यूनीकरणका लागि क्यानका पूर्वमहानिर्देशकहरूसँग छलफल गरेका छन्। छलफलमा, पूर्वमहानिर्देशकहरूले कतिपय विमान कम्पनीले आइकाओको एसएमएस लागू नगरेको र पाइलट तालिममा न्यून खर्च गर्ने गरेको बताएका छन्। क्यानको संरचना र सञ्चालनबारे ‘थर्ड पार्टी अडिट’ आवश्यक रहेको पनि सुझाव दिइएको छ।

संसदीय समिति: हवाई सुरक्षा नीति आवश्यक

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले हवाई सुरक्षा नीति तर्जुमा गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले नागरिक उड्डयन कानुनमा सुधारका लागि विधेयकहरू संसद्मा पेस गर्न आग्रह गरेको छ। समितिले सरकारलाई छानबिन प्रतिवेदनको अवस्थाबारे जानकारी दिन पनि निर्देशन दिएको छ।

बढ्दो हवाई दुर्घटनाले संसद चिन्तित

संसद्ले हालका हवाई दुर्घटनाहरूले चिन्ता व्यक्त गर्दै क्यानका महानिर्देशकको राजीनामा माग गरेका छन्। क्यानका महानिर्देशक प्रदीप अधिकारीले विस्तृत छानबिनपछि मात्र दुर्घटनाको कारण थाहा हुने बताएका छन्। प्रारम्भिक अनुसन्धानले खराब मौसमले दुर्घटना गराएको देखाएको छ। Nayapatrika daily 

प्रतिक्रिया