लगानीकर्ता लखपति बनाउन सक्ने उपकार लघुवित्तले आईपीओ निष्कासन गर्ने अनुमति पायो

काठमाडौं - अहिले नेपालमा ५१ लाख हाराहारीमा शेयर राख्ने बैंकमा खाता खोलिएको छ भने दैनिक १० लाख हाराहरीले सक्रिय कारोबार गर्ने अनुमान छ । 

केही समय शान्त रहेको शेयर बजार नयाँ बोर्ड अध्यक्ष आएसँगै फेरि तातेको छ । बोर्डमा रमेश हमाल आएसँगै पाइलाइनमा रहेका कम्पनीहरुले धमाधम अनुमति पाउन थालेका छन् । 

यसै बीच नेपाल धितोपत्र बोर्डले उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आईपीओ निष्काशन तथा बिक्री खुला गर्न अनुमति दिएको छ । नेपाल धितोपत्र बोर्डले चैत्र ७ गते सोमबार कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।

लघुवित्तले प्रति कित्ता १०० अंकित दरका २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्काशन गर्नेछ । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ ।

 

प्रतिक्रिया