उपत्यकामा जोर बिजोर हटाउने निर्णय

काठमाडौं उपत्यका भित्र चल्ने बस, टेम्पो र माइक्रोबसमा लागू गरिएको जोर बिजोर प्रणाली हटाउने निर्णय गरिएको छ ।  शुक्रबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले सो निर्णय गरेका हुन् ।

माघ १४ गते राति १२ बजेबाट लागू हुनेगरी सो निर्णय गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले  बताए ।

काठमाडौं उपत्यकामा माघ ७ गतेबाट सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको थियो । 

निजी सवारी साधन र ट्याक्सीलाई चाहिँ जोर बिजोर प्रणाली लागू हुनेछ । दुई पांग्रेसहित निजी सवारीलाई गतेका आधारमा जोर बिजोर प्रणाली लागू हुने प्रजिअ उपाध्यायले बताए ।

दुईपांग्रे सहितका निजी र  ट्याक्सी जोर गते जोर र बिजोर गते बिजोर नम्बरमा चल्न पाउनेछन् ।

प्रतिक्रिया