दुई ठूला इन्स्योरेन्स मर्जरको लागि अनुमति पाए

काठमाडौ - एभरेष्ट र हिमालयन इन्योरेन्सबीच भएको मर्जर सम्झौतालाई बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले सैद्धान्तिक स्वीकृति (एलओआई) प्रदान गरेको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा समितिबाट जारी बीमक गाभ्ने।गाभिने तथा प्राप्ती गर्ने सम्बन्धमा निर्देशिका, २०७६ को दफा ६ बमोजिम दुई बीमकहरुलाई एक आपसमा गाभ्न/गाभिन शुक्रबार सैद्धान्तिक सहमति प्रदान गरिएको जानकारी दिए ।

निर्देशक पौडेलले सोही निर्देशिकाको दफा ७ बमोजिम मूल्याङ्ककर्ताको नियुक्ती गरी समितिलाई विवरण पेश गर्न निर्देशन दिएको उनले जानकारी दिए ।

बीमा समतिले निर्जीवन बीमा कम्पनीहरुलाई २०७९ चैत मसान्तसम्म २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी कायम गर्न निर्देशन दिएपछि हिजो बिहीबार मात्रै दुई कम्पनीहरुले मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । चालु आवभित्रै मर्जर सम्पन्न गर्ने दुबै कम्पनीबीच सहमति भएको छ ।

प्रतिक्रिया