बाग्लुङ पञ्चकोट भाग २ दोहोरी चर्चामा,भाग ३ को तयारीमा निर्माण युनिट

काठमाडौं - बहु प्रतिभाका धनी सर्जक,गायक तथा मोडल रवि कार्कीले भर्खरमात्र गायको दोहोरी अत्यन्तै चर्चामा आएको छ । 

गायक रवि कार्कीले जड्याको अभिनय गरे गाएको लाईभ दोहोरीलाइ ५ दिनमै 15 लाख भन्दा धेरैले दर्शकले हेरिसकेका छन् भने अधिकांश दर्शकहरुले रविको प्रशंसा गरेका छन् । 

अभिनय र गायन दुवै विधामा अब्बल कार्कीले यस अघि गएका दर्जनौं गीतले चर्चा कमाउन सफल भएका थिए । 

भाग दुईलाई अत्यन्तै राम्रो प्रकृया आएको इनेपाल मिडियाका संचालक राजन क्षेत्रीले बताउनु भयो । धेरै दर्शकले भाग ३ माग गरेका कारण आफूहरु त्यसको तयारीमा रहेको उहाँले हामीलाई जानकारी दिनु भयो ।

सो दोहोरीमा रवि लगाएर सुमन परियार,श्याम राना,अस्मिता डल्लाकोटी, माया गुरुङ लगाएतका कलाकारको आवाज रहेको छ । 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय