चितवनमा चिसो बढ्यो, तापक्रम १० डिग्रीमा झर्‍यो

कमल ढकाल/चितवन - भरतपुर विमानस्थलको रेकर्ड भएको तापक्रम अनुसार मंसिर लागेसँगै चितवनको तापक्रम घट्दै गएको हो ।

भरतपुर नागरिक उड्डयन कार्यालयले दिएको जानकारी अनुसार चितवनको आजको न्यूनतम तापक्रम १३ डिग्री सेन्टिग्रेड थियो भने दिउँसोको अधिकतम तापक्रम २२ डिग्री सेन्टिग्रेड रहेको छ । चितवनमा केही दिनदेखि चिसो बढ्दै गएको हो । त्यस्तै हिजो बुधबार चितवनको न्यूनतम तापक्रम १२ डिग्री सेन्टिग्रेड रहेको थियो ।

 

यस बर्ष चितवनको न्यूनतम तापक्रम १० डिग्री सेन्टिग्रेड सम्म पुगेकोे छ र यो मंसिर २४ गतेको रेकर्ड हो । पछिल्लो समय निरन्तर तापक्रम घट्दैै गएपछि बिहान बेलुका बजारमा मानिसको आवतजावत घटेको छ । देशभर चिसो बढिरहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो । त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि उपत्यकासहित मुलुकभर चिसो बढ्दै गएकोले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । केही दिनदेखि चिसो बढ्दै गएपछि ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र गर्भवती महिला विशेष सावधान अपनाउन मन्त्रालयले आग्रह गरेका हो । मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन पर्ने बताए । चिसोबाट बच्न न्यायो लुगा लगाउन, टाउको र छातीलाई चिसोबाट जोगाउन र रातको समयमा सिरक कम्बल जस्ता न्यायो कपडा ओड्न मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय