सहमतिमा यौन सम्पर्क गरी बलात्कार आरोप लगाउने युवतीलाई ३ वर्ष जेल

काठमाडौं - सहमतिमा यौन सम्बन्ध राखी बलात्कार आरोप लगाउने युवतीलाई अदालतको ४२ महिनाको जेल सजायको फैसला गरेको छ ।

अछाम कमलबजार नगरपालिकाकी १९ वर्षीया किशोरीलाई जिल्ला अदालत अछामले साढे तीन वर्षको जेल सजाय तोकेको हो । जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले उक्त फैसला गरेको हो ।

गत माघ १५ गते आफूलाई माग्न आएको पुरुषलाई किशोरीले बलात्कार गरेको भन्दै १७ गते प्रहरीसमक्ष उजुरी दिएकी थिइन् । फोनमार्फत विवाहको प्रस्ताव लिएर पुरुष घरमा आएको, घरमा आमासँग विवाहको कुराकानी गरेको र राति अबेर भएपछि त्यहीँ बसेको बयान दिएकी थिइन् । किशोरीले पुरुष भुइँमा र आफू बहिनीसँग सुतेको अवस्थामा र राति ११:३० मा जबर्जस्ती करणी गरेको आरोप लगाएकी थिइन् ।

पुरुषले जबर्जस्ती करणी नगरेको तर, सहमतिमा यौन सम्पर्क भएको बयान दिएका थिए ।

विवाह प्रस्ताव लिएर पुगेका उनीहरू विवाह नगरी फर्किएका थिए ।

सहमतिमा यौनसम्पर्क भएको तर, जबर्जस्ती करणी नभएको अदालतको ठहर छ । युवतीको उजुरीपछि बलात्कारको आरोपमा पक्राउ परेका रामारोशन गाउँपालिकाका २० वर्षीय पुरुषलाई सफाइ दिइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय