काठमाडौंमा फेरि पानीको समस्या टर्दै, आजदेखि मेलम्चीको पानी वितरण

काठमाडौंँ - मेलम्चीको पानी तेस्रो पटक उपत्यकाका धारामा  पुग्दैछ  ।  गत  असार  १७  गतेबाट  मेलम्चीको पानी वितरण बन्द थियो ।

खानेपानीमन्त्री उमाकान्त चौधरीले शुक्रबार बिहान  महाँकालस्थित  काठमाडौँ उपत्यका  खानेपानी  लिमिटेडको  वितरण  केन्द्रको  साँचो  खोलेर  पानी  छोड्नुहुनेछ  ।  
मेलम्ची  खानेपानी  आयोजनाका कार्यकारी  निर्देशक  कमलराज  श्रेष्ठका अनुसार  सुन्दरीजल  प्रशोधन  केन्द्रबाट बिहीबार काठमाडौँ भण्डार केन्द्रका लागि पानी छोडिएको छ । उहाँले यस पटक लगातार कम्तीमा छ महिना पानी वितरण गरिने जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय