काठमाडौंं - साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक घटेको छ।
अघिल्लो कारोबार दिन अर्थात बिहीबार १.०८ अंक घटेर १९७२.२९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.५२ अंक घटेर १९७०.७८ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.८१ अंक घटेको छ।
शुक्रबार प्रि ओपन सेसनमा ११ स्टकको १ लाख २७ हजार २४१ रुपैयाँ २९ पैसा बराबरको ३५१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४ वटा स्टकको मूल्य बढेको छ भने ४ वटाको घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।