काठमाण्डौ । उकालो लागिरहेको शेयर बजारमा मंगलबार भने करेक्सन आएको छ । अघिल्लो बुधबार सामान्य घटेर बढिरहेको बजारमा मंगलबार भने १० अङ्कले घटेर समग्र बजार २९३६ विन्दुमा झरेको छ ।
आज नेप्से घटे पनि कारोबार रकम भने त्यति घटेको छैन । २२४ कम्पनीहरूको ८ अर्ब ४४ करोड माथिको शेयर खरिद बिक्री हुँदा ४५ कम्पनीहरूको शेयर मूल्य भने बढेको छ । आज कुनै पनि स्टकमा सर्किट लागेको छैन भने बैंक बाहेक अन्य सबै उपसूचकहरु घटेका छन । इन्स्युरेन्स उपसूचक सबै भन्दा धेरै घट्दा अपि पावरको शेयर धेरै मूल्यको कारोबार भएको छ ।
आज दिनै भरि बैंक क्षेत्रमा लगानीकर्ताहरू झुम्मिएको देखियो भने मानुषी लघुवित्तको शेयर मूल्य सबै भन्दा धेरै घटेको छ । निरन्तर उकालो लागेको बजार आज नाफा बुक गर्दा घटेको घेरैको भनाई छ । सरकारले निर्वाचनको घोषणा गर्ने, तरलता ब्याजदर स्थिर लगायतका कारणले बजार बढिरहेको थियो ।