मंगलबार पनि शेयर बजारमा हरियाली हुन सकेन,कारोबार रकम पनि घट्यो

काठमाण्डौ । आइतबार शतक हाराहारीमा बढेको बजार त्यस यता २ कारोबार दिन भने दोहोरो अङ्कले घटेको छ । 

मंगलबार नेप्से परिसूचक ११.८२ अंकले घटेर समग्र बजार १९२१ विन्दुमा आएको छ । आज नेप्से मात्र घटेको छैन कारोबार रकम समेत हिजोको तुलनामा धेरै गिरावट आएको छ । २३० कम्पनीहरूको १ अर्ब ५८ करोड माथिको शेयर किनबेच भएको छ । 

कारोबार भएका मध्य सबै उपसूचकमा रातो पोतिएको छन भने ३७ कम्पनीको मात्र शेयर मूल्य बढेको छ । साथै १४६ कम्पनीको शेयर मूल्य भने घटेको छ । सीवाइसी लघुवित्तको शेयर मूल्यमा सर्किट लागेर कारोबार हुँदा एसियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर सबै भन्दा धेरै मूल्यको कारोबार भएको छ । आज लक्ष्मी इक्युटि फन्डको शेयर मूल्य सबै भन्दा धेरै घटेको छ । 

प्रतिक्रिया