फेरि बढ्यो खाना पकाउने ग्यासको मूल्य

काठमाडौं - भारतमा घरेलु एलपीजी ग्यास सिलिन्डरको मूल्य बुधबार ५० भारुले बढेको छ ।

बढेको मूल्य आजदेखि नै लागू हुने बताइएको छ । समाचार एजेन्सी एएनआईका अनुसार राजधानी दिल्लीमा अब एलपीजी ग्यासका लागि प्रयोगकर्ताले १ हजार ५२ भारु तिर्नुपर्नेछ । 


त्यस्तै, ५ किलोग्रामको घरेलु सिलिन्डरको मूल्य पनि १९ भारुले बढेको छ भने १९ किलोग्रामको व्यावसायिक सिलिन्डरको मूल्य साढे ८ सयले कम भएको छ । गत हप्ता पनि व्यावसायिक सिलिन्डरको मूल्य २ सय रुपैयाँले कम भएको थियो ।

प्रतिक्रिया