मौद्रिक नीतिपछि लगानीकर्ता उत्साहित,अर्धशतक भन्दा धेरैले बढ्यो नेप्से 

काठमाण्डौ । मौद्रिक नीतिको पछिको पहिलो कारोबारको दिन शेयर बजार आकाशिएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज  ६१।०५अकंले बढेर २०७८।५१ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१९ कम्पनीको ६४ लाख २३ हजार १५६ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा सुधार आउँदा कारोबार समेत २ अर्ब ७३ करोड ९ लाख ३७ हजार १९६ रुपैयाँको भएको छ ।


नेप्सेमा आकर्षक सुधार आउँदा आज ५ कम्पनीको शेयरमा सर्किट लागेको छ । आइतबार सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, मल्टीप्रपोज फाइनान्स, स्वाभिमान लघुवित्त र रिलायन्स फाइनान्सको शेयरमा सर्किट लागेको हो ।


त्यस्तै, आज १२ कम्पनीको शेयर मात्र गुमेको छ । सर्वाधिक गुमाउने कम्पनीमा एनएमबि डिबेञ्चर रहेको छ । कम्पनीको शेयर १।५२ प्रतिशतले घटेको हो । साथै, ग्लोबल आइएमई डिबेञ्चरको १।०६ प्रतिशत, एनआइसि एशिया ग्रोथ फण्डको ०।७२ प्रतिशत र मेगा म्युचुअल फण्ड १ को ०।६२ प्रतिशतले शेयर घटेको हो ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय