काठमाडौं - कोरोना संक्रमण व्यापक भएपछि काठमाडौं उपत्यकामा गुड्ने सवारी साधानमा जोरबिजोर प्रणाली लागू हुने भएको छ ।
उपत्यकाका तीन प्रमुख जिल्ला आधिकारीहरुको हिजो बसेको बैठकले शुक्रबार राति १२ बजेदेखि सवारी साधानमा जोरबिजोर प्रणली लागू गर्ने निर्णय गरेका हुन् ।त्यस अनुसार उपत्यकामा गुड्ने सार्वजनिक तथा निजी सवारी साधनहरुमा जोरबिजोर प्रणालीमा चल्नेछन् ।
स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन तथा पेट्रोलियम पदार्थसहित अनिवार्य आवश्यकता पर्ने ढुवानीका सामान बोकेका सवारीलाई जोर बिजोर लागू नहुने जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ ।
सार्वजनिक सवारीका चालक र सहचालकले मास्क र फेस सिल्ड अनिवार्य लगाउनु पर्नेछ ।