दोस्रो खेलमा पनि नामिबियासँग नेपाल पराजित

काठमाडौँ । राम्रो रन बनाउन नसक्दा आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको बुधबारको खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । नेपालको यो उसँग दोस्रो पराजय हो । 


कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा नामिबियाले नेपाललाई दुई विकेटले हराएको हो । 
विश्व कप लिग–२ मा नेपालले भोगेको यो दोस्रो हार हो । यसअघि पनि नामिबियाले नै नेपाललाई चार विकेटले हराएको थियो ।

बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर पार गर्‍यो।

नामिबियाका लागि कप्तान जेराल्ड इरासमसले अर्धशतक प्रहार गरे। कुशल भुर्तेलको बलमा करण केसीबाट क्याच हुनुअघि उनले ५६ बलमा ८ चौका र २ छक्का प्रहार गरे। 

नामिबियाले पाँच ओभरभित्र दुई विकेट गुमाए पनि इरासमस र मिकेल भानले तेस्रो विकेटका लागि ५२ रनको साझेदारी गरे। भानले कुशल मल्लबाट आउट हुनुअघि ३१ रन जोडे। 

अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न नसके पनि जेजे स्मिथ र रुबेन ट्रम्पलम्यानले अन्तिमसम्म ब्याटिङ गरेर नामिबियालाई जित दिलाए। 

स्मिथले ६६ बल खेलेर नटआउट ३४ रन जोडे भने ट्रम्पलम्यानले १६ रनमा आउट भए।

बलिङमा नेपालका कुशल भुर्तेलले तीन विकेट लिँदा कुशल मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशले एक(एक विकेट हात पारे।

प्रतिक्रिया