मौलाकाली केवलकारबाट सोमबारे सन्ध्या आरतीमा जाँदा ५० प्रतिशत छुट

चितवन - धार्मिक र ऐतिहासिक महत्व बोकेको प्रसिध्द माता मौलाकालिका मन्दिरमा श्रावण महिनालाई लक्षित गरी हरेक सोमबार साँझ महाआरती हुने तय भएको छ। यसै अवसरलाई लक्षित गरी मौलाकाली केवलकारले सोमबारे सन्ध्या आरती अफर ल्याएको जानकारी गराएको छ । 

यस विशेष अफर अन्तर्गत हरेक सोमबार साँझ ५ बजेपछि पाइने टिकटमा ५० प्रतिशत छुट दिइनेछ। यस अफरबाट साँझपख मन्दिर जान र मन्दिरको महाआरतीमा सहभागी हुन चाहने धेरै यात्रु तथा भक्तजन लाभान्वित हुने हाम्रो विश्वास लिइएको कम्पनीले जनाएको छ । 

आरती अफर टिकट हरेक सोमबार साँझ ५ बजेपछि पाइनेछ । आरती भएको दिन केवलकार साँझ ८ बजेसम्म सञ्चालन हुने मेनेजर पौडेलले जानकारी दिए ।

- आरती अफर टिकट पाइने समय: सोमबार साँझ ५ बजेपछि

- केवलकार संचालन समय:बेलुका ८ बजे

सम्म

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय