काठमाण्डौ । विश्वमा कोरोना महामारीको दोस्रो लहर ओमिक्रोन ब्यापक फैलिँदै गएसँगै त्यसको सकारात्मक प्रभाव शेयर बजारमा पर्ने विश्वास ब्यक्त गरिएको छ ।
अगुवा लगानीकर्ता दिपेन्द्र अग्रबालले माघ लागेसँगै शेयर बजार फेरी अल टाईम हाइमा पुग्ने अनुमान गरेका छन । पुस मसान्त आइसक्यो,कोरोनाले भारतमा त्रास फैलाइसकेको छ अब यसको प्रभाव शेयर बजारमा पर्ने छ । शेयर बजार फेरी अल टाईम हाई विन्दुमा पुग्ने छ । उनले भनेका छन ।
३२ विन्दुको आसपास पुगेको शेयर बजार राष्ट बैंकको मौद्रिक नीतिका कारण लगातार घटेर २३ सय विन्दु सम्म आइपुगेको थियो अहिले भने बजार केहि सम्हालिन थालेको छ ।