बुधबार प्रि ओपन सेसनमा ३ अंकले बढ्यो नेप्से

काठमाडौं - बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात मंगलबार ३६.०८ अंक घटेर १९९६.२६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.७९ अंक बढेर १९९९.०५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.२६ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ९ स्टकको ३ लाख ४ हजार १३७ रुपैयाँ बराबरको ७५९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ९ वटै स्टकको मूल्य बढेको छ।

प्रतिक्रिया