बिपीडब्लु लघुवित्त कम्पनीले आइपीओ निष्कासन गर्ने

काठमाण्डौ । नेपालमा पछिल्लो समय प्राथमिक शेयर निष्कासन गर्ने कम्पनीहरूको संख्या बढिरहेका छ  । असार महिनामा मात्र ४ कम्पनीले प्राथमिक शेयर निष्कासन गरेका छन भने केही निष्कासनको तयारीमा रहेका छन । 

यसैबीच बिपीडब्लु लघुवित्त वित्तीय संस्थाले पनि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्राथमिक शेयर निष्कासनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ ।


लघुवित्तले आईपीओ निष्कासन गर्न असार ८ गते बोर्डमा आवेदन दिएको हो । लघुवित्तले ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता शेयर निष्कासन गर्न बोर्डमा अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो ।

लघुवित्तको अधिकृत तथा जारी पुँजी ३ करोड रुपैयाँ रहेको छ । हाल लघुवित्तको चुक्ता पुँजी २ करोड ३ लाख रुपैयाँ रहेको छ । सर्वसाधारणका लागि ९७ लाख रुपैयाँ रकम बराबरको ९७ हजार कित्ता शेयर निष्कासन पश्चात लघुवित्तको चुक्ता पूँजी ३ करोड रुपैयाँ पुग्नेछ ।

लघुवित्तको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ ।

प्रतिक्रिया