.काठमाण्डौ । निरन्तर ओरालो लागेको शेयर बजारमा आज भने हरियाली छाएको छ । नेप्से बढे पनि कारोबार रकम भने घटेको छ ।
आज नेप्से परिसूचक ३.७६ अंकले बढेर समग्र बजार १९९३ विन्दुमा पुगेको छ । आज कारोबार भने १ अर्ब २६ करोडमा सीमित भएको छ । दिनै भरिमा कारोबार भएका २२२ कम्पनी मध्य १११ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी सबैको शेयर मूल्य भने घटेको छ ।
आज नेपाल टेलिकमको शेयर सबै भन्दा धेरै मूल्यको कारोबार भएको छ भने बैंक र लघुवित्तको उपसूचकमा बाहेक अरु उपसूचकमा हरियाली छाएको छ ।