पदमपुर दुग्ध उत्पादक सहकारी संस्थाको अधिबेशन सम्पन्न

चितवन - पदमपुर दुग्ध उत्पादक सहमरी संस्था लि.को एक्काईसौ वार्सिक साधारण सभा तथा आठौं अधिबेशन सम्पन्न भएको छ । आगामी चार वर्ष कार्यकालका लागि पदमपुर दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्षमा लोकराज चालिसे चयन भएका छन् । यस्तै उपाध्यक्षमा भैरव प्रसाद धिताल निर्वाचित भएका छन् । अन्य सदस्यहरुमा सुरेन्द्र कुमार तामाङ, रामचन्द्र पोख्रेल, नारायण तिमिल्सिना, बेद प्रसाद भट्टराई, ऋषिराम लामिछाने, बुद्धिमाया सुनार, गंगा कुमारी सन्यासीपुरी, दुर्गा मरहट्ठा, र कमल मल्ल निर्विरोध चयन भएका छन् ।

उपाध्यक्ष पदमा बाहेक अन्य सबै निर्विरोध चएन भएका हुन । यस्तै लेखा समिति संयोजकमा आत्मराम बास्तोला चयन भएका छन् । लेखा समिति सदस्यहरुमा घनश्याम गिरी, नगेन्द्र गिरी निर्विरोध चयन भएका छन् । नव निर्वाचित कार्य समिति सदस्यसँगै लेखा समितिका सम्पूर्ण पदाधिकारीले आज सपथ ग्रहण गरका छन् ।

पदमपुरका कृषिहरु बाट दैनिक २२ सय लिटर दुध पदमपुर दुग्ध उत्पादक सहकारी संस्थाले संकलन गर्दै आएको छ ।प्रमुख अतिथि कालिक २ न.वडाको अध्यक्ष लक्ष्मन पौडेलले कृषि हरुले उत्पादन गरि जम्मा गरिएको दूध लाई सहाकरी मार्फत बजार को बेबस्थापन गरि कृषकको आय आर्जनमा जोडिएको हुदा खेलवाड नगरि निब निर्बाचित कार्य समितीलाई सुझाप सहित आगामी कार्यकालको सुभ कामना दिनु भयो

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय