काठमाडौं - आइतबार कोरोना संक्रमितको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६२० जनामा संक्रमण पुष्टि भएको छ ।
२४ घण्टामा भएको कुल पाँच हजार ८४६ नमुना परीक्षणमा सो संख्यामा संक्रमण पाइएको हो । जसमध्ये दुई हजार ६५१ पीसीआर परीक्षणबाट ४९६ जना र तीन हजार १९५ एन्टिजेन परीक्षबाट १२४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
आइतबार थपिएका संक्रमितमध्ये काठमाडौंका २५२ जना, ललितपुरका ४६ जना र भक्तपुरका १५ जना रहेको मन्त्रालयले जारी गरेको तथ्यांकमा छ ।
एक दिनमा संक्रमणका कारण एक जनाको निधन भएको छ । साउन लागेयता १३ जनाले कोभिड १९ संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।
यसैगरी, सोहि अवधिमा २९७ जनाले कोरोना संक्रमण जितेका छन् । हाल नेपालमा चार हजार ५६७ जना सक्रिय संक्रमित छन् ।