नेप्से सूचकमा सामान्य वृद्धि

काठमाडौं । निरन्तर ओरालो लागेको शेयर बजारमा केही सुधार हुने देखिएको छ । शुक्रबार प्रि ओपन सेसनमा नेप्से सूचक २।२७ अंकले बढेको छ । 

यससँगै सूचक १९८१।२१ विन्दुमा आएको छ । ४ लाख ३७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको १४ सय १३ कित्ता सेयर कारोबार भएको छ । कुल ११५ वटा कारोबार भएको हो । यस सेसनमा ११ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ । 
 

प्रतिक्रिया