तीज कै दिन बढ्यो सुनको मूल्य

काठमाडौं ।  तीजको दिन आज भाद्र १४ गते सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९४ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । 

यसअघि, सोमबार छापावाल सुन तोलाको ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ निर्धारण भएको थियो ।

यता, मंगलबार चाँदीको भाउ भने स्थिर रहेको छ । मंगलबार चाँदीको भाउ प्रतितोला ११ सय ४५ रुपैयाँ कायम रहेको रहेको छ ।
 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय