काठमाण्डौ । अविरल बर्षासँगै बाढी पहिरोको जोखिम बढिरहेको छ । यसैबीच पोखराको फिर्केखोला नजिकै सडक भासिएको छ।
आज बिहान सडक भासिँदा एक घरसमेत जोखिममा परेको स्थानीय बासिन्दाले बताएका छन्। पोखरा महानगरपालिका वडा नम्बर ४ स्थित बुढानिलकण्ठ किरियाकर्म अगाडिको सडक भासिएको हो। करिब १० मिटर सडक भासिएको छ।
सडक भासिएको ठाउँको पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरूङले अवलोकनसमेत गरेकी छन्। उक्त खाल्डो पुर्ने तयारी भइरहेको छ।