त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेन्डर स्वीकृत

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले २०८१ को शैक्षिक क्यालेन्डर स्वीकृत गरेको छ। असार २५ गते बसेको प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले यसलाई स्वीकृत गरेको हो। शिक्षाध्यक्षको कार्यालयले सम्बन्धित निकायहरूलाई क्यालेन्डर लागू गर्न निर्देशन दिएको छ।

शैक्षिक क्यालेन्डर अनुसार, स्नातक र स्नातकोत्तर तहको वार्षिक र सेमिस्टर प्रणालीका लागि आवेदन, परीक्षा, र नतिजा प्रकाशनका मितिहरू निर्धारण गरिएको छ। स्नातक तहको सेमिस्टर प्रणाली अन्तर्गत, आवेदन साउन दोस्रो हप्तादेखि भदौ दोस्रो हप्तासम्म आह्वान गरिनेछ।

त्यस्तै, वार्षिक प्रणाली अनुसार स्नातक तहको प्रथम वर्षका लागि साउन दोस्रो हप्तादेखि भदौ तेस्रो हप्तासम्म भर्ना हुनेछ। स्नातकोत्तर तहको पहिलो सेमेस्टरका लागि मङ्सिरमा आवेदन फारम खुल्नेछ र माघ १ गतेदेखि कक्षा सञ्चालन हुनेछ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय