काठमाडौं - तारा एयरको विमान सम्पर्कविहीन भएको छ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको सो जहाज सम्पर्कविहीन भएको नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले जानकारी दिए ।
त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले घटनाबारे बुझ्ने काम भइरहेको बताए । उनले भने–‘विमान सम्पर्क बिहिन भएको कुरा आएको छ, हामी बुझ्दैछौँ ।’
जहाजमा चालक दलसहित १९ जना सवार रहेको पुष्टि भएको छ । साथै अहिले सम्म पनि जहाज सम्पर्कमा आएको छैन ।