कोरोना संक्रमित भन्दा निको हुने करिब १ हजारले धेरै

काठमाण्डौ - नेपालमा कोरोना संक्रमण नियन्त्रण आइरहेको देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ५२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा थप ३ हजार ३० जना निको भएका छन् भने २० जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलका अनुसार १० हजार ६१२ जनाको पीसीआर विधीबाट र ४ हजार ३२३ जनाको एन्टीजेन विधिबाट गरी कुल १४ हजार ९३५ जनाको नमुना परीक्षण भएको छ । जसमा २ हजार ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएकामध्ये काठमाडौंका ४७१, भक्तपुरका १४६ र ललितपुरका १०२ जना छन् । आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ४८ हजार २०४ पुगेको छ । जसमध्ये ७ लाख १९ हजार ३३६ जना निको भएका छन् भने १० हजार ७७० जनाको मृत्यु भएको छ । 

 

अहिले सक्रिय संक्रमितको संख्या ३४ हजार १८९ रहेको छ जसमध्ये आइसियुमा ५६३ र भेन्टीलेटरमा १७० जना संक्रमित उपचाररत छन्

प्रतिक्रिया