काठमाण्डौ । बूक क्लोजपछि मूल्य समायोजन भएर कारोबार भएको जीवन विकास लघुवित्तको शेयर मूल्यमा कारोबार सुरु भएको भएको केही समयमै सर्किट लागको छ ।
३००० रुपैयाँमा कारोबार खुलेको कम्पनीको शेयर मूल्य दश प्रतिशतले बढेर अहिले ३३ सयमा पुगेको छ । प्रिओपन सेसनमा पनि कम्पनीको शेयर मूल्य बढेको थियो । यो समाचार तयार पार्दा सम्म कम्पनीको २५ सय कित्ता शेयरको कारोबार भएको छ भने २० हजार कित्ताको खरिद माग रहेको छ ।