काभ्रे — काभ्रेमा भयानक सवारी दुर्घटना भएको छ । भारतीय पर्यटक बोकेको गाडी र सिन्धुलीबाट काठमाण्डौ आँउदै गरेको जीप एक आपसमा ठोक्किँदा २ जनाको ज्यान गएको हो ।
भारतीय पर्यटक बोकको यूपी५८ टी ८१८१ नम्बरको मिनी बस गाडी र काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको जिप एकापसमा ठक्कर आएका थिए ।
मृतक अन्दाजी ६ वर्षको बालकसहित अन्य मृतकको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।