काठमाडौंँ - धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे पहिलो कारोबार भएको छ ।
स्पेशल प्रि ओपनिङ्ग सेसनमा कम्पनीकाे पहिलाे काराेबार प्रतिकित्ता ३ सय ८२ रुपैयाँ २० पैसामा भएकाे छ । नेप्सेले संस्थाकाे पहिलो कारोबारका लागि प्रति सेयर कम्पनीकाे पहिलाे काराेबारका लागि प्रति सेयर न्युनतम ३ सय ४४ रुपैयाँ ३६ पैसादेखि अधिकतम एक हजार ३३ रुपैयाँ ८ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे थियाे । कम्पनीकाे काराेबार न्युनतम रेञ्जबाट खुलेकाे हाे ।
कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि सिवाईसीएल (CYCL) सिम्बाेल प्राप्त गरेकाे छ ।
शुक्रबार कम्पनीकाे १२ लाख १६ हजार ४१८ कित्ता साधारण सेयर (आईपीओ) धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे ।