अमेरिकाको टेक्ससमा नेपालीको हत्या

काठमाडौं । अमेरिकाको टेक्ससमा लुटेराहरूको एक समूहले नेपाली दीपक वलीको हत्या गरेका छन्।स्थानीय सञ्चारमाध्यमका अनुसार टेक्ससको वेको सिटी नजिक हाइवे-३५ मा रहेको ग्यास स्टेशनमा काम गर्ने ३० वर्षीय वलीको गोली हानी हत्या गरिएको हो। उनी रुकुम बाफीकोटका स्थानीय हुन्।स्थानीय समयअनुसार बिहान ५ बजे उनको हत्या भएको हो। घटनामा तीन जना लुटेराहरू संलग्न थिए।अधिकारीहरूले घटनाको जानकारी वलीको परिवारलाई दिइसकेका छन् र अनुसन्धान जारी छ।

प्रतिक्रिया