दुई कम्पनीले आईपीओ निष्कासनको अनुमति पाए


काठमाडौं–लामो समयको प्रतिक्षा पछि दुई कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति पाएका छन् । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर लिमिटेडले कम्पनीको प्राथमिक सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को स्वीकृति पाएका छन् ।


नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सिवाईसी नेपाल लघुवित्त र रिभर फल्स पावर लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।
सेबोनले सिवाईसी नेपाल लघुवित्तलाई ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँबराबरको १०० अंकित दरका कुल ३ लाख ९५ हजार ३३६ कित्ता सेयर जारी गर्ने अनुमति दिएको छ। 


लघुवित्तले जारी पुँजीको ३२.५ प्रतिशत प्राथमिक सेयर निष्कासन गर्नेछ। सेबोनका अनुसार संस्थामा ६७.५ प्रतिशतले हुन आउने ८ लाख २१ हजार ८२ कित्ता संस्थापक समूहको रहेको छ। लघुवित्तको जारी पुँजी १२ करोड १६ लाख ४१ हजार ८०० रुपैयाँ छ। लघुवित्तले सेयर निष्काशन तथा बिक्री प्रबन्धकको कार्यका लागि ग्लोबल आइएमई क्यापिटललाइ नियुक्त्त गरेको छ।


सेबोनले रिभर फल्स पावर लिमिटेडलाई ३४ करोड ३० लाख रुपैयाँ बराबरको १०० अंकित दरका कुल ३४ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति दिएको छ।  रिभर फल्सले जारी पुँजीको ४९ प्रतिशत प्राथमिक सेयर निष्कासन गर्नेछ। सेबोनका अनुसार संस्थामा ५१ प्रतिशतले हुन आउने ३५ लाख ७० हजार कित्ता संस्थापक समूहको रहेको छ। कम्पनीको जारी पुँजी ७० करोड रुपैयाँ छ। कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकको कार्यका लागि प्रभु क्यापिटललाइ नियुक्त्त गरेको छ।
 

प्रतिक्रिया