पेनाल्टीमा नेपाल जोडनसँग पराजित

काठमाडौँ । वाफ वुमन्स च्याम्पियनसिपको उपाधि जोर्डनले जितेको छ ।

साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी रङ्गशालामा भर्खरै सम्पन्न खेलमा नेपाललाई पेनाल्टी सुटआउटमा ५–४ गोलले पराजित गर्दै जोर्डन च्याम्पियन बनेको हो ।

निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेलको विजेताको टुंगो पेनाल्टी सुटआउटबाट लागेको हो ।

वाफ च्याम्पियनसिपमा नेपालको यो पहिलो सहभागिता हो । जोर्डनले भने योसँगै छैटौं उपाधि जित्न सफल भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय