काठमाडौं । युवा निर्देशक तथा मोडल प्रेम थापाको दमदार अभिनय रहेको नयाँ गीत बाङ्गो बनायौ सार्वजनिक भएको छ । गीत सार्वजनिक भए सँगै चर्चा समेत पाइरहेको छ ।
गायक प्रमोद खरेलको आवाज रहेको सो गीतमा
युवायुवतीको त्रिकोणात्मक प्रेमकथाको विषय समेटिएको छ ।
गीतको म्युजिक भिडियोमा दुई युवा र एक युवती लाइ विषय बनाइएको छ । गीतलाइ यज्ञ बिकको शब्द र संगीत रहेको छ । गीतको संगीत संयोजन विशाल निरौलाले गरेका छन्।
बाबुराजा केसी (उज्वल) को निर्देशनमा तयार गीतमा प्रेम थापा र कृष्णा खत्री प्रमुख भूमिकाका छन् साथै सुवर्ण दुलालको समेत अभिनय छ।
चक्रबहादुर बरालको छायांकन रहेको भिडिओ कृष्ण फिल्मस् एन्ड एडभटाइजिङमा पोष्टप्रोडक्सन भएको हो ।