किन घटिरहेको छ नेपाल लाईफ इन्स्योरेन्सको सेयर मूल्य ?


काठमाडौं– सेयर बजारमा उच्च मूल्य रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमा पछिल्लो समय आकर्षण घटेको छ । बीमा कम्पनीहरूमध्ये सर्वाधिक पुँजी तथा बजार हिस्सा रहेको नेपाल लाइफको सेयर मूल्य लगातार घटे पछि लगानीकर्ता निरास छन् । कम्पनीको एक आर्थिक वर्षको लाभांश वितरण गर्न बाँकी रहँदा पनि सेयर मूल्य किन घटिरहेको छ ?  सेयर बजारमा जानकारले पनि विश्लेषण गर्न सकेका छैनन् ।


कम्पनीको सेयर मूल्य मंगलबार पनि प्रतिकित्ता ३९ रुपैयाँले घटेर १०२४ रुपैयाँमा आइपुगेको छ । सेयर बजार १२०० अंकमा आइपुग्दा समेत नेपाल लाइफको सेयर मूल्य ९०० भन्दा तल झरेको थिएन । समग्र सेयर बजार ३२०० मा पुग्दा नेपाल लाइफको सेयर मूल्य ३००० सम्म पुगेको थियो।


त्यसयता लगातार घटिरहेको सेयर मूल्य मंगलबार १०२४ मा आइपुगेको छ। यसरी नै घट्दै जाने हो भने कम्पनीको सेयर मूल्य १२०० अंकमा हुदाँकै मूल्यमा आउने देखिएको छ । जुन सेयर मूल्य तीन वर्षयताकै सस्तो हुनेछ। पछिल्लो एक वर्षदेखि लगातर घटिरहेको सेयर मूल्य ५२ हप्ता अगाडि २२५९ रुपैयाँ थियो भने सस्तो मूल्य बुक क्लोज समायोजन हुँदा १०२० रुपैयाँमा कारोबार भएको थियो।


अघिल्लो आर्थिक वर्षकै लेखापरिक्षण प्रतिवेदनलाई आधार मानेर हे¥यो भने यस वर्षमा पनि कम्पनीले एक अर्ब ४० करोड रुपैयाँभन्दा धेरै मुनाफा गर्न सक्ने देखिन्छ । यसका साथै कम्पनीको जगेडा कोषमा पनि २ अर्बभन्दा धेरै रकम देखिन जान्छ । कम्पनीले गत माघमा लाभांश वितरण गर्दा सेयर मूल्य तीन हजार रुपैयाँसम्म पुग्यो। त्यसपछि सेयर मूल्य लगातार तल झर्ने क्रममा अहिले १६९० रुपैयाँ छ । कम्पनीले लाभांश वितरण गर्ने अन्योलताले गर्दा मूल्यमा खासै सुधार हुन सकेको छैन । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय