स्कटल्याण्डमाथी नेपालको सानदार जित

विक्रम कुमार पौड्याल - काठमाडौँ आइसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत आज भएको त्रिदेशीय एक दिवसीय खेलमा नेपालले स्कटल्याण्ड लाई ३ विकेटले हराएको छ।

स्कटल्याण्डले दिएको २७५ रनको लक्ष्य नेपालले ४७ ओभरमा ७ विकेट गुमाएर भेटायो। नेपालको लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ८५ रनको अर्धशतकीय पारी खेले। त्यस्तै कुशल मल्लले पनि ८१ रन बनाए भने सोमपालले २४ रन बनाए।

स्कटल्याण्डका क्रिस सोले र मार्क वाटले ३/३ विकेट लिए।

एसअघि टी यु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २७४ रन बनाएको थियो। उसका लागि लिस्कले १०७ रनको शतकीय पारी खेलेका थिए।त्यस्तै ज्याक जार्विसले २६ रन बनाए। 

नेपालको तर्फबाट सन्दिप लामिछानेले ३, कुशल मल्लले २ तथा सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए।

नेपालको अर्को खेल शनिबार नामिबिया सङ हुनेछ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय