धितोपत्र बोर्डलाइ राजकुमार न्यौपानेको खुल्ला पत्र

 

श्रीमान अध्यक्षज्यु;

नेपाल धितोपत्र बोर्ड

खुमल्टार ललितपुर

बिषय : खुल्लापत्र

महोदय;

नेप्से / सेबोन ले बिबिध नया सुबिधा दिदै गुणस्तरिय प्रबिधी बनाउदै गएकोमा सर्बप्रथम धन्यबाद दिन चाहे।

अझै नि धेरै सुधार गर्ने ठाउँ हरु छन। तलका बुधाहरुमा ध्यानाकर्षण होस।

 १) आउदो आइतबर २०७९/ ०३/ १९ बाट Tms बाट AON हटाउने कुरा नि आएको छ। 

AON हटाउनु अघि अझै अलिकती अध्ययन गरौ।

उदाहरण को लागि कुनै client सङ्ग 19 कित्ता share छ। 10 कित्ता trade भयो । 9 alter बच्यो। अब फेरि बेच्न को लागि 10 कित्ता किन्ने बाध्यता आउँछ। odd lot बेच्न त गाह्रै छ। त्यस्तै गरि

100 कित्ता हुनेको 99 कित्ता trade होला । 1 कित्ता बाकी। कि त 1 कित्ता minimum sell order राख्न पाउनु पर्यो। 

कि त एउटा minimum quantity AON valid हुनु पर्यो।

२) AON हटाउने नै हो भने Odd Lot order नि हटाउनुस।

३) Account Statement Tms बाटै हेर्न मिल्ने सुबिधा पनि सुरुवात होस।

४) TMS मा full version chart पनि उपलब्ध होस।

५) कारोबार Order सन्ख्या Buy र Sell Side मा 5 वटा मात्रै देखाउदै आएकोमा अब देखि कम्तिमा पनि 7 देखि 10 वटा देखाइयोस। 

 

धन्यबाद।

राज कुमार न्यौपाने

आम लगानिकर्ता।

काभ्रे

प्रतिक्रिया